काठमाण्डौ – देशका धेरैजसो ठाउँमा तुँवालो लागेको छ ।
भारतबाट धुवाँ र धुलो आइरहेकोले तराईका सबैजसो क्षेत्र र काठमाण्डौ सहित पहाडी जिल्लामा पनि अहिले ’भिजिबिलीटी’ कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी क्षेत्रबाट सुरु भएको तुवाँलो पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी लगायत प्रदेशका पश्चिमी क्षेत्रमा आन बिहानैदेखि मेघ गर्जन सहित पानी पर्न लागेको छ ।
त्यस क्षेत्रको मौसम बिहानैदेखिबाट बद्ली भइरहेको छ ।
पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्ग सहित पानी पर्ने बताइएको छ ।