८ बैशाख, कैलाली । पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीमा प्रशासनले आशिंक रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिने, अन्य स्थानीय तहलाई संक्रमणको अवस्था ख्याल गरि आवश्यक व्यवस्था गर्ने र कम्तीमा १० दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको सूचना अधिकारी शिवराज जोशीले बताए ।


