संजय कुशवाहा
६ बैशाख, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.९ बेलाटारी स्थित इलाका प्रहरी कार्यालय बेलाटारी पर्ने क्षेत्रमा सुरक्षालाई चुस्त दुस्त बनाउने मेरो काधमा जिम्मेवारी आएको इलाका प्रहरी कार्यालय बेलाटारीमा काठमाडौंबाट सरूवा भई आउनु भएको नव आगन्तु प्रहरी निरिक्षक प्रकाश बहादुर सिंहले बताए ।
बैशाख ३ गते काठमाडौंबाट इलाका प्रहरी कार्यालय बेलाटारीको ईन्चार्जको रूपमा आउनु भएको सिंहलाई सोमबार इलाका प्रहरी कार्यालय बेलाटारीले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक सिंहले सिमा संग जोडिएको नाकाबाट हुने लागू पदार्थ दु्र्यब्यसनि, चेलिबेटी बेचबिखन, महिलाहिसा नियन्त्रण, ट्राफिक नियम, समान तस्करी लगाएत समेस्याहरूलाई समाधान गर्न आफू दिन रात खटि समाधान गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
परिच्यातमक कार्यक्रममा स्थानिय सकाजसेवी, पत्रकार लगायतले आम जनताको सुरक्षामा सशस्त्र प्रहरीले अहम् भुमिका खेल्नु पर्नेमा सशस्त्र प्रहरीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य देवकरण कलवार ( सन्तु ), प्रताापपुर गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चाैधरी, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, युवा नेता उमेश चन्द्र यादव लगायत संघसंस्थाका ब्यक्तित्वहरूको सहभागीता रहेको थियो ।