काठमाण्डौ – तयारी नपुगेको भन्दै हिजो स्थगित गरेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो दुई बजे बस्दै छ ।
बैठकमा १४ औं महाधिवेशनको कार्य तालिकाका विषयमा छलफल हुनेछ ।
कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्य तालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।