रबिन्द्र यादव / नवलपरासी पश्चिम , बेलाटारी – नवलपरासी पश्चिमको इलाका प्रहरी कार्यालय बेलाटारी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) खुमानन्द पाण्डे शुक्रबार बिदा भएका छन् । जाजरकोटको अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका इन्सपेक्टर पाण्डेलाई शुक्रबार प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिज्ञ , शुभचिन्तक , पत्रकार लगायतले मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका छन् । पाण्डे गत बर्ष फागुन ४ गते इलाका प्रहरी कार्यालय बेलाटारीको प्रमुखको रुपमा कार्यभार संभालनु भएको थियोे । १४ महिनामा पाण्डेले एक करोड भन्दा बढिको राजस्व भन्सारमा दाखिला संगै सुस्ता गाउँपालिका को उचमटाडी हनुमान मन्दिरको पुजारीको हत्या देश व्यापी रुपमा चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा आरोपित भारतीय नागरिकलाई पक्राउ गर्न समेत पाण्डे सफल भएका हुन । कोरोना महामारीमा पनि इन्सपेक्टर पाण्डेको सिमा क्षेत्रमा हुने गरेको चोरी तस्करी नियन्त्रणमा सफल भुमिका रहेको सरोकारवालाहरुले बताएका छन । कोरोना महामारीमा नेपाल भारत सिमा क्षेत्र बन्द रहेको अवस्थामा सुरक्षाकर्मीको आखा छलि लागू अौषध अोसारपसार भइरहेको जन गुनासो बढेपछि पाण्डेले सशस्त्र प्रहरी संग सरोकार गरि ठुलो मात्रामा लागू अौषध सहित चार जनालाई पक्राउ गर्न सफल भएका हुन । इलाका प्रहरी कार्यालय बेलाटारीको भौतिक पुर्वाधार विकास तथा शान्ति सुरक्षामा पनि अहम भुमिका निर्वाह गरेका थिए । पाण्डेको कार्यकालमा ५ वटा हत्याको घटना भएका मध्ये सबै आरोपित लाई पक्राउ गरि पुनर्पक्षका लागि थुनामा पठाउन सफल समेत भएका हुन । गाउँपालिका र उद्योगी व्यवसायी राजनितिज्ञले पाण्डेलाई संयुक्त रुपमा बिदाई तथा नया आउने इन्सपेक्टर प्रकाश बहादुर सिंहलाई स्वागत गरेका हुन । विदाईमा कार्यक्रममा वडा अध्यक्ष कादिर अलि अन्सारी , जन्त्री चौरसिया, युवा नेता अनोज यादव, महात्म विन, रामप्रित यादव, लगायत पनि उपस्थित थिए ।
पुजारीका हत्यारालाई पक्राउ गर्न सफल इन्सपेक्टर पाण्डेको जाजरकोट सरुवा