देवचुली, चैत ३०
देवचुली नगरपालिकाका एक सहित नवलपुर जिल्लामा ३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नवलपुरको देवचुली नगरपालिका वडा नं २ का २६ बर्षीय पुरुष, कावासोती नगरपालिका वडा नं १६ का ३४ बर्षीय पुरुष र गैडाकोट नगरपालिका वडा नं १ का ३४ बर्षीय पुरुष गरि ३ जना नयाँ संक्रमित भेटिएका हुन् ।
उनीहरुको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको । १४ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिनुभयो । संक्रमित मध्ये एक जनालाई सोही अस्पतालाको आइसोलेशनमा राखिएको छ भने २ जना होम आइसोलेशनमा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।