रुपन्देही -रुपन्देहीको सैनामैना नगरपालिकामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकल लाइ ठक्कर दिँदा मोटरसाइकल चालक प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका २१ वर्षका सञ्जय खनालको मृत्यु भएको हो । मोटरसाइकलको पछाडी सवार प्यूठानको झिमरुक गाउँपालिका–२ का फिरज क्षेत्री घाइते भएको प्रहरीले जनाएको छ ।
क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।