२८ चैत, कपिलवस्तु । “शुद्धोधन गाउँपालिकाको प्रतिबद्धता सम्पूर्ण बालबालिकाहरूमा खोप सुनिश्चितता, शुद्धोधनको पहिचान पूर्ण खोप हाम्रो अभियान ” भन्ने मुलनाराका साथ शनिबार एक कार्यक्रम बीच शुद्धोधन गाउँपालिका २ वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
सबै खोप लगाउने उमेरका बालबालिकाले समयमै खोप लगाएको र अब जन्मिने बालबालिकाले पनि खोप पाउने निश्चित भए सँगै शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका नन्दनगर स्वास्थ्य चौकी २ बरगदवाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो ।
शुद्धोधन गाउँपालिका २ का बालबालिकाहरु समयमै खोप सम्पूर्ण खोप पाइसकेकोले २ नम्बर वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उक्त वडाका स्वास्थ्य प्रमुख टिकाराम पौडेलले बताए ।
संघीय नेपालको लुम्बिनी प्रदेश अन्तरगतको ऐतिहासिक अरौराकोट, लुम्बिनी र तिलौराकोटको बीचमा पर्ने प्राकृतिक स्रोत र साधनको धनि शुद्धोधन गाउँपालिका अन्तरगतको मध्ये भुभागमा स्थित वडा नम्बर २ साबिक नन्दनगर गा.बि.स.शिक्षा र स्वास्थ्यको क्षेत्रमा निकै फडको मारेर अगाडि बढेको अवस्था रहेको छ । नेपाल सरकारको संविधान २०७२ को धारा ३५ को मर्मअनुसार जनताले सबै आधारभूत सेवा निःशुल्क पाउने अंगिकृत गरेको छ ।
सो अनुसार उक्त वडा अन्तरगतको सबै आधारभूत सेवा प्रदान गर्ने लक्ष्य अनुरुप नन्दनगर स्वास्थ्य चौकी वडा नम्बर २ निरन्तर अगाडि बढी युद्धस्तरमा काम गरिरहेको छ । उक्त स्वास्थ्य चौकी अन्तरगत ५ वटा खोप केन्द्र मार्फत खोप सेवा प्रदान गरिदै आएको छ । जस मध्ये स्वास्थ्य संस्थामा केन्द्र हुने ठाउँमा मात्रै भवन रहेको बाँकी ४ स्थानहरूमा खोप भवन निर्माण एकदमै अवस्यक रहेको छ । सो आउँदो आ.ब.मा ब्यवस्थापन वडाले जनाएको छ । स्वास्थ्यकर्मी दरबन्दी अनुसार पूरा रहेको पनि कोभिड १९ को प्रकोपको कारणले खोप सेवा प्रदान गर्न सुरक्षा सावधानीका प्रक्रिया आपनाई सेवा अटुट रुपले प्रवाह गरिएको छ ।
लाईन लिष्टिङ्ग गर्दै शुन्य देखि २३ महिनाको बच्चा तथा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरु मध्ये शून्य डोजको कोही नरहेको र ५ वर्ष भित्रको बच्चा तथा बालबालिकाहरुको तपसील अनुसारको विवरण छ ।
– ० देखि १५ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = २४५ जना रहेका छन सबै जना सेवामा निरन्तर रहेको ।
– १६ देखि २३ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = १५८ जना ।
अब जन्मने बालबालिकाले पनि खोप समयमै पाउने व्यवस्था भइसकेकोले घोषणा गरेका स्वास्थ कार्यालयले जनाएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि निसार अहमद खाँ शुद्धाेधन गाउँपालिका अध्यक्ष, बिशिस्ट अतिथि सुधा देवी पाण्डेय, गाउँपालिका उपाध्यक्ष, बिशिस्ट अतिथि कृष्णप्रसाद ज्ञवाली प्र.प्र.अ., बिशिस्ट अतिथि ऋषिदेव अर्याल ले.अ., बिशिस्ट अतिथि असफाक अहमद खाँ स्वास्थ्य संयोजक, बिशिस्ट अतिथि ईश्वरीप्रसाद न्यौपाने प्रशासन प्रमुख, बिशिस्ट अतिथि जियायुर रहमान खाँन लेखापाल, कार्यक्रमको अध्यक्ष मनोज कुमार यादव, वडा सदस्य र वडाका महिला स्वास्थ्य स्वयसेविका लगायतको उपस्थिति थियोे ।