अर्जुन खत्री, फर्साटिकर रुपन्देही-रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न ४ मा रहेको लिटिल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयले जनस्तर बाट बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रङ्गशाला निर्माणका लागी ६० हजार सहयोग गरेको छ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिचमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल धुर्मुसलाई शिक्षक, विद्यालय प्रशासन र विद्यार्थीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माण अभियानमा जोडिएमा विद्यालय लाई धन्यवाद ब्यक्त गर्नुयो। उहाले राष्ट्रिय अभियानमा जोडिनका लागि सम्पुर्ण नेपालीहरु लाइ समेत आह्वान गर्नुभएको थियो। 
यस्तै विद्यालयका प्राचार्य दिलकुमारी फौदारले विद्यार्थीहरुमा सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराउनका लागि फाउन्डेसनको टिमलाई विद्यालयमै आफुहरुले निमन्त्रणा गरेर सहयोग गरेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । 
कार्यक्रममा हास्य कलाकार अर्जुन घिमिरे पाडे लगायत अन्य फाउण्डेसनका अन्य सदस्यहरुको उपस्थिति रहेको थियोे। रङ्गशाला निर्माण गरिरहेको फाउन्डेसनले आर्थिक अभाव भएपछि मेची महाकाली अभियान सञ्चालन गर्ने क्रममा रुपन्देहीमा आएको थियो ।