२६ चैत, बाँके । भोलि बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
उक्त बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको पार्टीले सुचना जारी गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जरी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराएका छन् ।
अब बस्ने केन्द्रीय समितिको बैठकमा महाविधेशनको विषयमा छलफल गर्ने बताईएको छ ।