२३ चैत, बाँके । नेपालगन्जमा बालश्रम, बाल दुव्र्यवहार र बालविवाह विरुद्धको सामाजिक परिचालन कार्यक्रम अन्तर्गत सरोकारवालाहरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।
सोमबार प्रदेश सरकार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज, बाँकेको आयोजनामा नेपालगन्जमा बालविवाह विरुद्ध सरोकारवालाहरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रमलाई प्रकाश उपाध्याय र सा.वि.म प्रमुख सोभा शाहले प्रशिक्षण गर्दै उक्त बालबालिकाहरुको सहभागिता सम्बन्धि, बालबिवाह, बालअधिकार, स्वतन्त्रता, बालबालिका सम्बन्धि कानुन, बाल बचावट, बाल संरक्षण, बाल अधिकार सिद्धान्त, भेदभाव, बालवालिकाको सर्वोत्तम हित दीर्घ र बिकास, बाल सहभागिताको सवाल, बालबालिका सम्बन्धि राष्ट्रिय स्तरमा भएका व्यवस्था, बाल अधिकार जोगाउने विषय लगायतका विषयलाई उठाउन गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिती बाँकेका सभापति अजय कुमार श्रीवास्तव, अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल सिंह हमाल रह्नुभएका थिए ।
उक्त अन्तरक्रियामा जिल्ला बाल अधिकार समिति, बाल संरक्षण समिति, बाल क्लब बाल संरक्षण समिती, बाल सञ्जाल, किशोरी सञ्जाल, महिला संजाल, जनप्रतिनिधि, विधालय, अभिभावक अन्य सरोकारवाला संघ संस्थाहरु, पत्रकार, वडा प्रहरी कार्यालय नेपालगन्जका लगायतको ६० जनाको उपस्तिथि बिच बालबिवाह सम्बन्धित छलफल गरिएको सामाजिक विकास डिभिजन कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।