२३ चैत, बाँके । भक्तपुरमा समान चोरी गर्न लागेको आरोपमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ ।शनिवार राति चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै एक जनालाई कुटपिट गरिएको छ ।
पानी तान्ने मेशिन(मोटर) चोरी गर्न लागेको आरोपमा स्थानीय बासीन्दाले कुटपिट गर्दा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उक्त घटनामा कुटपिटबाट घाइते भएका गुरुङको उपचारको क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।गुरुङलाई कुटपिटको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।