शंकर खत्री । इटहरी २९ श्रावण २०७७ इटहरी : इटहरीमा बिहिबार एकै दिन १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाका अनुसार संक्रमित हुनेमा १० पुरुष र ३ महिलामा रहेका छन् । प्रमुख धमलाका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ७,९ र ११ का २ २ जना, वडा नम्बर ५, ६, १४, २० का १ १ जना कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरि इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी र इलाका प्रहरी कार्यालय इटहरीका १ जना प्रहरीमा पनि कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये एक जनाको पुष्टि हुन बाकीँ छ । यो सँगै इटहरी उपमहानगरपालिकामा अहिलेसम्म ४५ जना कोरोनाबाट संक्रमित भएका छन् ।
इटहरीमा थप १३ जनामा कोरोना पोजेटिभ