काठमाण्डौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।
पार्टीले सोधेको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएको र नेतृत्वको विरुद्धमा गतिविधि गरेकाले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय भएको पत्र पाण्डे र भुसाल लाई पठाइएको छ ।
स्पष्टीकरणमा आफ्ना गल्तीको आत्मालोचना गर्नुको साटो पार्टीलाई लाञ्छना लगाउने, पार्टी फुटाउने, गुट भेला गर्ने र नेतृत्व विरुद्ध षड्यन्त्र गर्ने क्रियाकलापको समर्थन गरेर आपराधिक मनोवृत्ति देखाएको कारबाही पत्रमा उल्लेख छ ।
ओलीले यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावल लाई पनि ६ महिनाका लागि निलम्बन गरिसक्नु भएको छ ।