महोत्तरी ।महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ ।
कोइरालालाई उपचारका लागि बर्दिवास स्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।