भैरहवा -कृषि क्षेत्रमा व्यवसायिक सूचना प्रवाह लाई सहजीकरण गर्ने र सरकारी योजनाहरु किसान सम्म पुर्याउने उद्देश्ले रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन गरिएको छ ।
मंगलबार भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा किसान र कृषि व्यवसायीहरुको जिल्ला स्तरीय संजाल गठन गरिएको हो । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख संयोजक र विज्ञ केन्द्रका प्राविधिक सदस्य सचिव रहने गरी १३ सदस्यीय संजाल गठन गरिएको हो । संजालको सदस्यमा मत्स्यपालक बाट दिवाकर भुसाल, दुग्ध सहकारी बाट लेखनाथ पाण्डे, व्यवसायिक कृषक बाट यज्ञमूर्ति खनाल, निजी डेरीबाट दयानिधि गैरे सदस्य चयन हुनुभएको छ ।
यस्तै, बाख्रा व्यवसाय उद्यमी बाट सुनिल अर्याल, घाँस विकास क्षेत्रबाट प्रेम सागर पौडेल, कुखुरा ह्याचरी बाट बासु बडाल, बंगुर व्यवसायी बाट महेश बुढाथोकी, भैंसी पालन व्यवसायी बाट राम अवतार यादव, लुम्बिनी विशिष्टिकृत सहकारी संघबाट ज्ञानु पौडेल र पाराभेट बाट उत्तम नेपाल संजालको सदस्य चयन हुनुभएको छ । कृषि क्षेत्रमा लागेका सबै व्यवसायीको प्रतिनिधित्व हुने गरी संजाल गठन गरिएकाले कृषि तथा किसानका समस्या पहिचान, समाधान, सरकारी योजना कार्यान्वयन र किसान सम्म पुर्याउन सहयोग पुग्ने आलमले विश्वास व्यक्त गरे जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्माले संजालले किसानहरु बीच एकीकृत भावनाको विकास गर्न र व्यवसायमा आइपर्ने समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संजालले विज्ञ केन्द्र र किसान बीच पुलको काम गर्ने भएकाले सहजीकरणमा सहजता प्रदान गर्ने बाख्रापालक किसान प्रेमसागर पौडेलले बताउनुभयो ।