बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका ५ बिनौना स्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दीपक वैश्यको मृत्यु भएको हो ।
राप्ती नदीमा पौडी खेल्ने क्रममा सोमवार देखि बेपत्ता भएका वैश्यको आज बिहान शब फेला परेको हो ।