पोखरा, १७ चैत/ पोखरा महानगरपालिका २३ नयाँ बस्तीमा सोमबार दिउसो मोटरसाइकल दुर्घटना भएको छ । पोखरा २३ घाटिछिनाबाट पामेतर्फ आउदै गरेको ग६प १२९२ नम्बरको मोटर साइकल दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । मोटरसाइकल चालक भरत गुरुङ र सुर्य थापा घाइते भएका छन् । उनीहरुको पोखराका उपचार भइरहेको छ ।
पोखरामा मोटरसाइकल दुर्घटना,दुई घाइते