नवलपुर,चैत्र १५।नवलपुरको कावासोती १७ मा सवारी दुर्घटना भएको छ।एकै दिशामा हिडिरहेका बस र मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन। कावासोती-१७ कोल्हुवा बाट गोछडा तर्फ आउदै गरेको बससित मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकलमा सवार कावासोती-१७ का २१ वर्षीय देवेन्द्र महतोको ज्यान गएको र मोटरसाइकलमा सवार सोही स्थानका तेजनारायण महतो गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमारगिरीले बताए ।गम्भीर घाइते तेजनारायाण महतोको हाल चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
कावासोती १७ मा सवारी दुर्घटना ,एकको मृत्यु एक गम्भीर घाइते