नन्दु यादव ,नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ४ पचफेडामा आगलागि बाट पिडित घरपरिवार लाई सरावल गाउपालिका वडा न ७ बस्ने मनोहर यादवले खाद्यान्न सहयोग गर्नु भएको छ ।
प्रत्येक घरपरिवार लाई चामल ,दाल ,नुन , आलु प्याज ,तेल लगायतको खाद्यान्न सामाग्री सहयोग गरेको यादवले बताउनु भयो।
आगलागिबाट ३वटा घर जलेर नस्ट भएको बताईएको छ ।
आगलागि बाट पुर्ण रुपमा घर नस्ट भएपछि खाद्यान्न सामाग्री सहयोग गरेको बताईएको छ ।खाद्यान्न सामाग्री ग्रहण गर्दै पिडित परिवारले मनोहर बाबू हाम्रो सहारा बनेको बताएका छन ।