प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
माओवादीबाट हालै एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मा दिनुभएको छ भने उषाकला राई सामाजिक विकास मन्त्री बन्नुभएको छ । यस्तै अम्बिर बाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र राम राना कृषि मन्त्री बन्नुभएको छ ।
कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री बन्नुभएको छ । मन्त्रीहरूको शपथ दिउँसो १ बजेका लागि तय भएको नवनियुक्त मन्त्री राईले जानकारी दिइन् ।
मुख्यमन्त्री राईले आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि केही मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो भने केहीले राजीनामा गरेका थिए ।