काठमाण्डौ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो । यस्तै, आज नै नेपाल–खनाल पक्षले बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ