प्रकाश न्यौपाने,परासी-के तपाईलाई लगातार खोकी लाग्छ, ज्वरो आएको छ, श्वास फेर्न गाह्रो हुने, छाती दुख्नु, खान मन नलाग्ने जस्ता लक्षणहरु देखिएको छ ? छ भने ख्याल गर्नुहोस् । किनकि तपाईंलाई देखिएको लक्षण क्षयरोगको हुन सक्छ । यस्ता लक्षण देखिएमा तपाईं स्वास्थ कार्यालयको सम्पर्कमा जानुहोस । पश्चिम नवलपरासीमा रहेको स्वास्थ्य कार्यालय र यसका मातहतका कार्यालय क्षयरोगका बिरामीहरु खोजी रहेको छ । बुधबार पश्चिम नवलपरासीमा कृयाशिल पत्रकारहरु सङ्ग अन्तरकृया गर्दै गर्दा स्वास्थ्य कार्यलयका प्रमुख कृष्णप्रसाद पोखरेलले भन्नू भयो हामी जिल्लामा क्षयरोगका बिरामीहरुलाई खोजिरहेको छौ ।
उहा भन्नु हुन्छ हामिले पश्चिम नवलपरासीमा चालू आर्थिक वर्षको माघ महिना सम्म २ सय ५६ जनामा क्षयरोगको बिरामी भेटेका छौ ।
अहिले पनि फोक्सोमा मात्रै लाग्ने रोगका रुपमा बढी चिनिने क्षयरोग मानिसको शरीरको जुनसुकै अङ्गमा समेत लाग्न सक्ने एक सरुवा रोग रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका प्रमुख मोहम्मद नरुल होदा बताउनु हुन्छ । उहाका अनुसार पछिल्लो समयमा भेटिएका क्षयरोगका बिरामीहरुमा ८० प्रतिशत फोक्सोमा र २० प्रतिशत शरीरको अन्य अङ्गमा क्षयरोग लागेको पाइएको छ । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, स्वास्थ्य कार्यालयका कर्मचारी नारायण भट्टराई लगायतले कार्यक्रम संचालन गर्नु भएको थियो ।