काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत २० गते पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
कांग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । कांग्रेसको १४ औँ महाधिवेशन भदौ ७ देखि १० मा तोकिएको छ।
कांग्रेसको चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने तोकिएको छ। मुलुकभर १० लाख क्रियाशील सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ। तर, हालसम्म ९ जिल्लाले क्रियाशील वितरणका काम सुरु गरेका छैनन् ।
क्रियाशील सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पा रहेका छन् ।