बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजार भन्दा धेरै घर जलेर नष्ट भएका छन् ।
बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । यो शिविरमा अहिले सम्मकै सबैभन्दा ठूलो आगलागी भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले बताएका छन्। आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् ।
यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । कक्स बजारमा रहेको यो शरणार्थी शिविरमा ११ लाखभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।
यो वर्षको जनवरीमा पनि आगलागीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए ।