नवलपुर,साउन २९ । हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ। कोरोनाले विश्वसामु ल्याएको चुनौतीहरु बावजुद पनि यो वर्ष पनि "युथ इङ्गेजमेन्ट फर ग्लोबल एक्सन" भन्ने मुल नाराको साथ सन्सारभर नै अन्तर्राष्ट्रिय युवा दिवस डिजिटल प्लेट्फर्महरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइयो । त्यस्तै नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइयो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भ्वाइस अफ नवलपुरद्वारा "युथ एक्सन फर बेटर फ्युअचर" अर्थात "सुनौलो भविष्यको लागि युवा जागरुक्ता" भन्ने बिषयमा बुधबार डजिटल युवा सम्मेलन सम्पन्न भएको छ । टिम सेल्भिस प्रा.लि को टेकनिकल साहयता र बङलादेश स्थित "युथ एकड" नामक गैरनाफा मुलक संस्थासंगको सहकार्यमा भ्वाइस अफ नवलपुरले उक्त सम्मेलन गरेको हो। करिब १२० जना युवाहरुको सहभागी भएको उक्त सम्मेलनमा ,सामाजिक अभियन्ता एवम् पोलिटिकल लिटिरेसि फर वोमेन कि अध्यक्ष प्रकृति भट्टराई बस्नेत ,अफरिङ ह्याप्पिनेसका प्रबन्ध निर्देशक,सन्तोस पाण्डे ,कान्टार बङ्लादेशका सिनियर क्वालिटेटिभ रिसर्चर, तान्विन अल फराबी र सेल्भिस लोजिस्टिक्सको चिफ अपरेटिङ अफिसर ,फाइरुज क्कारिम मुख्य बक्ताहरुको रुपमा उपस्थित रहेका थिए । आजका युवाहरु भोलीको नेतृत्व र समाजलाई मार्गदर्शन गर्ने कार्यका लागि सक्षम र सबल बनुन् भन्ने उदेश्यका साथ सो सम्मेलनको आयोजना गरिएको भ्वाइस अफ नवलपुरका सस्थापक अध्यक्ष अर्जुन काफ्लेले जानकारी दिए। नवलपुर जिल्लाबाट उदय भै समाजको यथार्थ चरित्र पहिचान गर्दै र समाजमा रहेका समस्याहरुलाई युवाको सहभागिताबाट समाधान खोज्ने ध्येका साथ भ्बाइस अफ नवलपुर स्थापना भएको हो ।
अन्तरास्ट्रिय युवा दिवसको अवसरमा युथ एक्सन फर बेटर फ्युचर कार्यक्रम सप्पन्न