रन्जीत शर्मा / नवलपरासी/ ०९ माघ । पश्चिम् नवलपरासीका पाल्हिनन्दन गाउपालिकाका सबै निजि तथा सामुदायिक विद्यालय चार दिनका लागी बन्द हुने भएका छन् ।
केही दिन यतादेखि अत्याधिक चिसो बढेको हुँदा कोरोना र विद्यार्थीहरुको जनस्वास्थ्यलाई ख्याल गरी माघ ९ गते देखी १२ गते सम्म विद्यालय बन्द गर्न गाउपालिकाले सबै विद्यालयलाई आग्रह गरेको छ ।
तीन दिन दिन स्थानीय र एक दिन सनिवार विदाबाट कट्टी हुने गरी विदा दिने निणर्य भएको गाउपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पुनः बिधालय १३ गते देखी सन्चालन हुने जनाएको छ ।