सचिन विश्वकर्मा,नवलपुर। ३३ वर्ष भन्दा माथि उमेर समुहका व्यक्तिलाइ लक्षित गरि हरबासिका युवाहरुले फुटवल खेल आयोजना गर्ने भएका छन । खेलप्रति रुचि भएका स्थानीय वासीहरुको मागलाइ मध्यनजर गर्दै खेल आयोजना गरिएको खेल संयोजक सन्दिप सुनारले जानकारी दिए । खेलमा १४ र १६ वडाका खेलाडिले मात्र टिम दर्ता गर्न पाइने बताइएको छ । खेल चैत्र १० देखी १५ गते सम्म सनलाइट खेल मैदान डण्डामा संचालन हुने आयोजकले जनाएको छ । खेलमा प्रथम हुने टिमलाइ १ वटा खसीका साथै टर्फी, मेडल र दित्तीय हुनेलाइ ४ वटा हास सहिद टर्फी र मेडल प्रदान गरिने आयोजकले बताएको छ । खेलमा प्रवेश हुनको लागि रु १५०० रुपैया शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।
डण्डामा ३३ बर्ष उमेर समूह माथिको फुटबल प्रतियोगिता हुदै