चैत्र ६, कावासोती । हिमाल जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कावासोति शाखाले कावासोती–१४ त्रिभुवनटारमा घुम्ती बिमा सेवा कार्यक्रम गरेको छ । बिमा सेवा कार्यक्रम कावासोती–१४ का वडाअध्यक्ष जित बहादुर महत्तोको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा सहजीकरण गर्दै हिमाल जनरल इन्स्योरेन्स केन्द्रिय कार्यलय कृषि इन्स्योरेन्स बिभागका मनोहर अधिकार र प्रदीप भण्डारीले कृषि इन्स्योरेन्सको महत्व र बिमा दाबी कसरी गर्ने भन्ने बिषयमा सहभागि कृषकहरुलाई जानकारी दिएका थिए । त्यस्तै उनिहरुले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुहुदै कृषकहरुलाई निर्जीवन बिमाको महत्व र कृषि बिमाले किसानलाई पुराउने सहयोगको बारेमा आम किसानलाई जानकारी दिएका थिए । किसानका कृषि बिमा भने कावासोती इन्स्योरेन्सका अन्टर राइटिङ प्रशान्त सिग्देलले गरेका थिए । कार्यक्रममा हिमालयन जनरल इन्स्योरेन्स एरिया–५ का प्रमुख शंकर श्रेष्ठ र पशु प्राबिधिक दिपक बास्ताकोटी , इश्वर धिताल लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा ४० जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन हिमालयन जनरल इन्स्योरेन्स कावासोती शाखाका प्रमुख ठाकुर पराजुलीले गरेका थिए ।
कावासोतीमा किसानलाई बीमा प्रशिक्षण