शिसवार मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष तथा कालिका मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन लामिछानेले रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई लैनो गाई दान गर्नुभएको छ। लामिछानेले दुईवटा गाई सहित मकै, १ ट्र्याक्टर पराल, ढुटो, चापट र दाना गरि करिव १ लाख बराबरको दान गर्नुभएको हो। सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत बिरामीहरुलाई दुधको ब्यवस्थापन गर्न सहज होस् भनी आँफूले गाई दान गरेको अध्यक्ष लामिछानेले ह्याप्पी टाइम्सलाई बताउनुभयो। लामिछानेले यस अघि पनि सामुदायिक प्राकृतिक चिकित्सालयले सञ्चालन गरेको महायज्ञमा लामिछाने परिवारका तर्फबाट आर्थिक सहयोग गर्नुभएको थियो।
सामुदायिक वनका अध्यक्षले गरे अनुकरणीय काम, प्राकृतिक चिकित्सालयलाई गाई दान