काठमाण्डौ -नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।
११ जना स्थायी कमिटी सदस्य सहित शीर्षस्थ नेताहरु बीचको छलफल पछि भेला सुरु भएको हो ।
ओली पक्षले खनाल–नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभर बाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ भने भेला स्थलमा चहलपहल बढेको छ ।
भेला भोलि सम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ ।
बैठकको अध्यक्ष नेता खनालले गर्नुभएको छ । भेलामा दस वटा समूह बनाइएको छ । यसैगरी कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ । भेला स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ ।