नवलपुर,२ चैत । पूर्वी नवलपरासीमा चोरीका मोटरसाइकलहरु अत्याधिक सञ्चालन हुने गरेका प्रहरीले अप्रेशन थालेको छ । जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले चोरीका मोटरसाइकलहरु समाउन शुरु गरेको छ । रोड सेफ्टी चेकिङ अन्तर्गत विभिन्न चोरीका मोटरसाइकलहरु समातिएका हुन् ।
प्रहरीले जिल्लाको मध्यबिन्दु नगरपालिकाको अरुणखोला र बिनयीत्रिवेणी गाउपालिकाको सर्दीबाट विशेषगरी चोरीका मोटरसाइकलहरु भेटिने गरेको नवलपुर प्रहरीले जनाएको छ । जिल्लाको विभिन्न ठाउँबाट दुई दर्जन बढी चोरीका मोटरसाइकलहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आजसम्म ११ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ भने आज मात्रै नवलपुर प्रहरीले दुई वर्षअघि हराएको तीन वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ ।
कागजपत्र नभएका यस्ता मोटरसाइकलबाट दुर्घटना बढी हुने गरेकाले यो अभियान चलाइएको प्रहरीले जनाएको छ ।