कावासोती,फागुन २७ । कावासोती नगरपालिकाका विभिन्न वडाहरुमा स्वास्थ बिमा कार्य्क्रम सुरु गरिएको छ।यसैक्रममा कावासोती नगरपालिका वडा नं.१० का अती-अशक्त व्यक्तिलाई दिइने क वर्गको रातो कार्ड भएको परिवार,जेष्ठ नागरिकको परिवार,वडाका वडाध्यक्ष टेक नारायण महतोको परिवार,कावासोती स्वास्थ्य चौकिका प्रमुख नरेश शाहि लगायत अन्य सात घर धुरिले आ-आफ्नो परिवारको स्वास्थ्य बीमा गराएका छन। उनिहरुले आफ्नो वडाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध हुन समेत अनुरोध गरे। लक्षित वर्गलाई नि:शुल्क र अन्यलाई सशुल्क हुने स्वास्थ्य बीमाले ५ जना रहेका परिवारको ३५०० रुपैयाँ योगदान रकम लिएर वार्षिक १ लाख रुपैयाँसम्मको नि:शुल्क स्वास्थ्य चेकजाँच एवं औसधि उपचारको व्यवस्था गरेको छ। ५ बाट माथी सदस्य बढ्दै जाँदा प्रती सदस्य ७०० रुपैयाँ योगदान रकम बढ्ने र त्यसवापत सुविधाको थैलीमा पनि २० हजार बढ्ने कावासोती १० कि स्वास्थ बीमा दर्ता सहयोगी सरस्वती पौडेलले बताईन । अहिले ६८ औं जिल्लाकोरुपमा नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) जिल्लाका ९२ वटा वडामा स्वास्थ्य बीमा दर्ता सहयोगीले स्वास्थ्य बीमा गर्दै घरदैलो गरिरहेका छन्। स्वास्थ्य बीमा कार्यक्रम नाफानोक्सानमा केन्द्रित नरहने योगदानमा आधारित कार्यक्रम हो। स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएपछि बहिरङ्ग सेवा ( ओ. पि. डि.), आकस्मिक सेवा ( इमरजेन्सी), अन्तरङ्ग सेवा (अस्पताल भर्ना भइ गरिने सेवा), निदानात्मक सेवा ( एक्स रे, इसिजी), अल्ट्रासाउन्ड, एम आर आइ, सिटि स्क्यान, रगतको जाँच, सुचिकृत औषधिहरु, विभिन्न साना तथा ठुला शल्यकृयाहरु, र तोके बमोजिम मुल्यको चश्मा, श्रवण यन्त्र, सेतो छडी र वैशाखी लगाएतको सेवासुविधा पाइन्छ।
कावासोती १० मा स्वास्थ बिमा शुभारम्भ,सबैलाइ आबद्द हुन वडाध्यक्ष महतोको आग्रह