२६ फागुन, बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राझाकी ५४ बर्षकि महिलाको भेरी अस्पतालमा उपचारकाक्रममा आज बिहान ५:०० बजेको समयमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रको तथ्यांक अनुसार यो सँगै कोभिड १९ संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ५५ पुगेको छ ।
केन्द्र अनुसार ती महिलाको स्वास्थ्यमा समस्या आएपछि बागेश्वरी ल्याबमा पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना भाइरस पुष्टि भएको थियो । सुरुमा उनी होम आइसोलेसनमा बसेकी थिइन । होम आईसोलेसनमा स्वास्थ्यमा सुधार नआए पछि गत फागुन ६ भेरी अस्पताल नेपालगन्जमा भर्ना गरि उपचार सुरु गरिएको थियो । अस्पतालमा उपचारका स्वास्थ बिग्रिदै गए पछि आज विहान मृत्यु भएको हो ।