११ भदौ, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाका अनुसार ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी, जना स्वास्थ्य संस्थाका कर्मचारी, ३ जना टफिक प्रहरी, १ जना शसस्त्र प्रहरी र १ जना व्यापारी रहेका छन् । यो संगै कपिलवस्तुमा सन्क्रमितको संख्या १०९३ पुगेको छ । कृष्णनगर भन्सार कार्यलयबाट कन्ट्र्याकट ट्रेसिङबाट सन्कलन गरिएको ८० नमुना मध्ये १९ जनाको रिपोर्ट पोजेटिभ, ४० नेगेटिभ र २१ नतिजा प्रतीक्षामा रहेको छ ।
कपिलवस्तुमा ११ भन्सार कर्मचारी सहित १९ मा संक्रमण,संक्रमितको संख्या १०९३ पुग्यो