१८ फागुन, बाँके । बाँकेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर नगरपालिका ३ किरणनाला स्थित पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पूर्वबाट आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा कोहलपुरका बिरेन्द्र शाहीको मृत्यु भएको छ ।
उक्त दुर्घटना पछि स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेपछि माहोल तनावग्रस्त भएको छ । किरणनाला स्थित दुर्घटना स्थलमा स्थानीयहरुले टायर बालेर चक्काजाम गरेका छन ।