पोखरामा गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव-२०७७ संचालन भइरहेको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको पोखरा थिएटरले उक्त महोत्सवको आयोजना रहेको हो । गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवका संयोजक परिवर्तन कार्कीले गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयहरुबाट सहभागीता रहने बताउनुभयो । उहाँले नाटक प्रतियोगीताको लागि थिएटरले सम्बन्धीत विद्यालयमा सहभागी हुने प्रक्रियाको बारेमा जानकारी दिनुभयो । यसैगरी नवलपरासी जिल्ला प्रतिनिधि आदर्श सुशिलले नाटक महोत्सवको लागि नवलपुर भित्रका विद्यालयहरुको तयारी तिब्र रहेको बताउनुभयो ।
उहाँले सबै विद्यालयहरुमा फाल्गुन १५ गते सम्म भिडियो बनाएर पठाउनुपर्ने बारमा जनकारी दिईएको बताउनुभयो । गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवमा प्रथम पुरस्कार नगद रु ५० हजार, द्वितीय पुरस्कार नगद रु २५ हजार, तृतिय पुरस्कार रु १२ हजार ५ सय र सान्त्वना पुरस्कार रु ५ हजार प्रमाण पत्र रहेको पोखरा थिएटरले जनाएको छ ।