देवचुली नगरपालिकामा पाठेघरमा क्यान्सर भएका ४ जना महिला फेला परेका छन् । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सुरु गरिएको महिलाहरुको लागि निशुल्क पाठेघर जाँच कार्यक्रम अन्तर्गत देवचुलीमा पाठेघर क्यान्सर भएका ४ जना महिला फेला परेको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“पहाडी र दुर्गम भेगका महिलाहरुको चेतना भएर वा नभई किन पाठेघरको परिक्षण नगराउने जस्को कारणले पाठेघर मुखको दोस्रो, तेस्रो र चौथो स्टेझमा पुगे पछि मात्र अस्पताल जाने परम्परा रहेको र त्यस अवस्थामा पुग्दा उपचारमा सम्भव नहुने कठिनाई बढि हुने”उहाँको भनाई थियो । उहाँले देवचुली नगरपालिकामा आन्तरिक स्रोत समानिकरण अनुदानतर्फ केहि बजेट छेट्याएर निशुल्क पाठेघर जाँच कार्यक्रम गरिदैं आएको बताउनुभयो ।श्रेष्ठका अनुसार गत बर्ष देखि पाठेघर जाँच कार्यक्रम आयोजना गर्दै आएको र यस बर्ष पनि सोहि कार्यक्रम ६ स्थानमा राखिएको बताउनुभयो । श्रेष्ठले महिलाहरुले स्वास्थ्यमा ध्यान नदिँदा विभिन्न किसिमका रोगहरुबाट सामना गर्नुपर्ने बताउँदै स्वास्थ्य प्रति सम्वेदनशील हुन समेत आग्रह गर्नुभएको छ ।
देवचुली स्वास्थ्य चौकी, वडा नं १४, वडा नं ५, वडां नं १६ को बाह्कोलमा सम्पन्न भइसकेको र शुक्रबार वडा नं १२ गैडीमा सुरु भएका छ । भोली शनिबार वडा नं ६ को किर्तिपुरमा निशुल्क पाठेघर जाँच कार्यक्रम हुने भएको हो ।