फागुन ११,कावासोती । माछापुच्छ्रे बैंकले हिजो सोमबार थप एक शाखा रहित बैंकिंङ सेवा विस्तार गरेको छ । कावासाेति नगरपालिका वडा नम्बर ४ हसौरामा माछापुच्छे बैंक लिमिटेडले १५६ औं शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको हो। बैंकको कावासाेति शाखा कार्यालय अन्तरगत ८ औं सेवा केन्द्र रहेकाे माछापुच्छ्रे बैंकको कावासोती शाखा प्रबन्धक शेषराज पाेखरेलले जानकारी दिएका छ्न । सेवा सुरुवातका अवसरमा उपस्थित कावासाेति नगरपालिकाका उप मेयर प्रेम शंकर मर्दानियाले बैंक तथा वित्तीय संस्थाले ग्रामिण क्षेत्रका कृषक, व्यावसायिहरुकाे भावना अनुरुप सेवाकेन्द विस्तार गरेकोमा नगरपालिकाकाे तर्फबाट शुभकामना व्यक्त गर्दै कृषिको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने सुझाव दिए। बैंक तथा वित्तीय संस्थाले घर घरमा पुगेर वित्तीय साक्षरता प्रदान गर्न पनि उनले आग्रह गरे। उप प्रमुख मर्दनियाले नगरले सामाजिक सुरक्षा भत्ता समेत बैकका सेवा केन्द्र मार्फत वितरण गर्दै नगरबासिलाई सुविधा दिने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पाेखरेलले बैकहरुले शाखा रहित बैक मार्फत ग्रामिण क्षेत्रमा पुर्याएकाे याेगदानकाे खुलेरै प्रशंसा गरे । उनले गाउँ घरमा रहेका व्याक्तिलाई बैकिङ सेवा संग जाेड्दै बचत र उधमशिलता तर्फ लाग्न उत्प्रेरित गरेकाे बताए ।
उद्धाटन कार्यक्रममा माछापुच्छ्रे बैक सेवा केन्द्रका प्रतिनिधिहरु सागर पाेखरेल, साेनाम तामाङ, कावासाेति नगरपालिका ४ न वडा अध्यक्ष रमाकान्त चापागाईं सहित स्थानिय संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेको थियाे । कावासाेति ४ हसौरामा खाेलिएकाे शाखा शाखाका व्यावसायिक प्रतिनिधि गाेविन्द पाण्डे रहेका छन ।
माछापुच्छ्रे बैंकको सेवा केन्द्र हसौरामा पनि सुरु,केन्द्रको संख्या १५६ पुग्यो