शर्मीला चापागाई, कावासोती , फागुन ८। विद्युत व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको नवलपुर विद्युत व्यवसायी संघको दोश्रो वार्षिक साधारण सभा शनिबार एक कार्यक्रम बिच सम्पन्न भयको छ । कार्यक्रमका प्रमुख अतिथि डा. शशांक कोइरालाले “नवलपुर विद्युत व्यवसायी संघले व्यावसायीहरुको हकहितका लागि गरेको कार्य र सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय रहेको र आफुले यसक्षेत्र लाई बिकास को नमुना जिल्ला बनाउन लागिपरेको बतानुभयो । कार्यक्रमका विशेष अतिथि रहेका प्रदेश सभासद तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति लामिछानेले “व्यवसायीहरुलाई परेको दोहोरो कर प्रणालीको समस्या समाधान गर्नका लागि प्रदेश सरकारमा आवश्यक पहल गर्न तथा अन्य सहयोगका लागि आफ्नो पहल रहने बताउदै उहाँले स्मार्ट सिटिको निर्माण अवधारण आइरहेको अवस्थामा विद्युतीय व्यवसायको क्षेत्र अझै फराकिलो रहेको र गुणस्तरीय सामानमा जोड दिन उहाँले आग्रह गर्नुभयो। त्यस्तै कार्यक्रममा नेपाल विद्युतीय व्यावसायी महासंघका निवर्तमान अध्यक्षले महासंघमा सबैभन्दा पछि आवद्ध भएको संघले व्यवसायिक हकहित र सामाजिक कार्यमा प्रभावकारी भुमिका निर्वाह गरेको बताउदै व्यवसायीहरुको समस्याको पहिचान गरी त्यसको समाधान गर्नका लागि महासंघ सधै सहयोग गर्न तयार रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले विद्युतीय व्यवसाय पेशा सम्मानित पेशा रहेको र जिल्ला संघ का लागि जिल्लामा रहेका सरोकारवाला सङ्ग छलफल गरि आफ्नै जग्गा र भबन को आवश्यकता लाई पहल गर्न सुझाव दिनुभयो । विधुत भनेको दैनिक जिवनमा नभई नहुने तर सानो मात्र गल्ती भयो भने ठुलो धनजनको नोक्सान हुने भएकाले पनी बिधुतीय सामानको प्रयोग गर्दा होस या बिधुतीय सामानको गुणस्तरमा निक्कै ध्यान दिन आवश्यक रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । ंकार्यक्रममा नेपाल विद्युतिय महासंघ का निवर्तमान अध्यक्ष तेजनारायण खरेल, नेपाल विद्युत प्राधिकरण नवलपुरका प्रमुख मधुसूदन यादव, संविधानसभा सदस्य महेन्द्र ध्वज जिसि, प्रदेश सभासद एवं नेपाली काङ्ग्रेस जिल्ला सभापति बिस्णु प्रसाद लामिछाने, प्रदेश सभासद ओमकला गौतम, उद्योग बाणिज्य गण्डकी प्रदेशका उपाध्यक्ष ओम प्रसाद पौडेल, समाजसेवी एवं राजनीतिज्ञ मदनभक्त अधिकारी,कमल पराजुली,गजेन्द्र आले लगायत अतिथि रहनु भएको थियो । नवलपुर विधुत व्यावसायी संघका अध्यक्ष पुरुषोतम भुसालको अध्यक्षता र सुजन अधिकारीको सहजीकरणमा कार्यक्रम भएको थियो ।
नवलपुर विधुत व्यवसायी संघ कावासोतीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न