रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेक सबै सार्वजानिक सेवाका कामकाजहरु बन्द गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) हाल तिलोत्तमा नगरपालिकामा समेत समुदाय स्तरमा देखा पर्न थालिसकेकोले यसको नियन्त्रण तथा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नगरपालिका र यस मातहतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक कामकाज बाहेक सबै बन्द हुने निर्णय गरेको हो । कोभिड-१९ समुदाय स्तरमा फैलिँदै गएपछि थप सजगता अपनाउँदै सरकारी कार्यालयहरुमा हुने भिडभाडलाई कम गर्नका लागि अगामी भदौं १० गतेसम्म अत्यावश्यक कामकाज बाहेक सबै बन्द गरिएको मेयर बासुदेव घिमिरले जानकारी दिए ।
घर नक्सा पास सम्बन्धि सम्पूर्ण कार्यहरु, राजश्व सम्बन्धि सम्पूर्ण कार्यहरु, पञ्जीकरण सम्बन्धी सम्पूर्ण कार्यहरु, व्यवसायर/सहकारी दर्ता एवं नविकरण सम्बन्धी सम्पूर्ण कार्यहरु, अत्यावश्यक बाहेकका सबै प्रकारका सिफारिसहरु तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।