बर्दघाट । नवलपरासीको बर्दघाट नगरपालिकाका किसानहरुले आफुले उत्पादन गरेको टमाटर नगरपालिकाको कार्यालय भित्रै फालेर बिरोध गरेका छन । स्थानिय किसानहरुको उत्पादनले बजार नपाउने र भारतिय आयातित टमाटर खुल्लेआमा विक्रि भएको भन्दै उनीहरुले नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएका हुन । किसानहरुले बिरोधका क्रममा दुईवटा गाडीमा ३० क्वीण्टल टमाटर ल्याएर नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन । आहिलेको बजार मुल्य अनुसार ३० हजार मुल्य बराबरको टमाटर बर्दघाट नगरपालिका वडा नं। १४ र ७ का किसानहरुले फालेको बताएका छन । किसानहरुले नगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।
वर्दघाट नगरपालिकामा किसानले फाले गोलभेडा