रन्जीत शर्मा / नवलपरासी / ०१ फागुन । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकालाई यहि फाल्गुन मसान्तसम्म बालमैत्री नगरलाई घाेषणा गर्नेका लागी नगर भित्रको बालश्रम अनुगमन तीब्र भएको छ ।
सदरमुकाम परासीमा नगर बाल संजाल र मैत्री समाज नेपालकाे आयाेजनामा हाेटल , वर्कशप, रेष्टुरेन्टमाहरुमा तथ्यांक संकलन कार्य गरि बालश्रम न्यूनीकरण अभियानको निरंतरता दिएको छ ।
नगर बाल संजाल कि अध्यक्ष गाेमा अग्रहरीकाे अध्यक्षाता तथा रामग्राम नगर उप-प्रमुख रम्भा कुवर काे प्रमुख आतिथ्यता तथ्यांक संकलन कार्य सुरु भएको छ ।
कार्यक्रममा मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता , बाल मैत्री सहजकर्ता शर्मिला पाैडेल ,पत्रकार सुरेश यादव,सामाजिक परिचालक पशुपति प्रसाद नाउ ,कमल राज शर्मा , नगर बाल संजालका सल्लाहकार सिद्धान्त पाठक र विभिन्न वडा का बाल मैत्री स्वमसेवकहरुकाे सहभागीता रहेका थियाे ।