रन्जीत शर्मा/ नवलपरासी / ९ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बाल मैत्री स्थानीय शासन सम्बन्धित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन अवलम्बन गर्ने तरिकाले अग्रसर भइरहेको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीको अध्यक्ष्ाता तथा उप-प्रमुख रम्भा कुन्वरको प्रमुख अतिथिक्ता तथा मैत्री समाज नेपालको सहजीकरण एवम् सम्पूर्ण विशेषगत शाखाहरु प्रतिनिधिको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन नगरपालिका घोषणा भए पश्चिम् नवलपरासीको दोस्रो स्थानीय तह हुनेछ । यस अघि सुनवल नगरपालिका नेपाल कै पहिलो बाल मैत्री स्थानीय शाशन नगरपालिका घोषणा भैसकेको छ ।