कावासोती ,नवलपुर २७ माघ। नेकपाका उपाध्यक्ष बामदेब गौतमले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान नवलपुर जिल्ला कमिटि फागुन २१ गते सुखानीमा मारीएका नेत्र घिमिरे लगायतका शहिदहरुको स्मरणका दिन गर्ने भएको नवलपुर राष्ट्रिय अभियानका इन्चार्ज दुर्गादत्त भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय अभियान समितिको नवलपुरमा सम्पन्न बैठकले संघीय, प्रदेश र पालिका स्तरीय इन्चार्ज समेत तोकेको छ । । संधिय क्षेत्र अनुसार क्षेत्र न १ मा टंक माकिम, २ मा पुर्ण प्रकाश विश्वकर्मा रहेका छन । त्यस्तै प्रदेश क्षेत्र अन्र्तगत १ को क मा यदुनाथ सिग्देल ,१ ख मा दिपकचन्द्र बस्ताकोटी २ क मा चेत प्रसाद डुम्रे, ख मा देवी मायाँ घिमिरे रहेका छन । बैठकले पालिका स्तरको जिम्मेवारी समेत दिने निर्णय गरेको बताईएको छ । जिल्लाका ८ बटा स्थानिय तह अन्र्तगत गैडाकोटमा झलककाजी पौडेल, देवचुली राजु सापकोटा, कावासोतीमा बागबिर सुनार, मध्यविन्दुमा भोजराज भट्टराई, बुलिङटारमा छवि प्रसाद ओझा र विनयी त्रिवेण्ी र हुप्सेकोटको दुर्गा दत्त भण्डारीलाईनै इन्चार्ज रहने निर्णय गरेको इन्चार्ज भण्डारीले जानकारी दिनुभयो । जिल्लाका नेताहरु गुटको पुच्छर समाउदै पदमा बार्गेनिङ गरिरहदा अधिकान्स कार्यकर्ताहरु भने पार्टी एकताको पक्षमा रहेका छन । हाल कार्यकर्ताको घर घरमा गएर यो पद दिन्छौ र त्यो पद दिन्छौ, नियुक्ती दिन्छौ भन्दै नेताहरु कार्यकर्तालाइ आफ्नो गुटमा तान्न तल्लीन देखीन्छन ।
नेकपा एकता राष्ट्रिय अभियान नवलपुर जिल्ला कमिटी फागुन २१ गते घोषणा हुदै