नवलपुर।हिमानी ट्रस्टले देबचुली नगरपालिकाको दिब्यज्योती आधारभुत बिद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार अति बिपन्न आर्थिक अवस्थाका २० जना छात्रछात्राहरुलाई हिमानी ट्रस्टको सहयोगमा न्यानो कपडा (ज्याकेट) बितरण गरिएको हो । यस्का साथै ५ जना बृद्धबृद्धाहरुलाइ स्लिपिङ ब्याग समेत बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै हिमानी कोषका जिल्ला संयोजक राजेश मैनालीले आगामी दिनमा पनि हिमानी ट्रस्टले बिद्यालय लगायत अन्य क्षेत्रमा समेत आवश्यक सहयोग गर्ने तयारी गरिरहेको र स्थानीयको सुखदुःखमा सधै साथमा रहेको बताए ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नारायणदत्त भुर्तेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीमा वडाध्यक्ष दिनानाथ भुसाल, भीसान नवलपरासीका अध्यक्ष शेर बहादुर पौडेल, कोषका सल्लाहकार अर्जुन थापा त्यस्तै गरेर अतिथीहरुमा हिमानी कोषका सह सम्योजक केश बहादुर गुरुङ, सदस्य चन्द्रदत्त पाठक, सदस्य गणेश खनाल लगायतको उपस्थिीती रहेको थियो।
हिमानी ट्रस्टद्वारा देवचुलिमा न्यानो कपडा वितरण