एजेन्सी ,भाद्र १० । विश्व क्रीकेट जगतमा आफ्नो बलिङ कलाले आफ्नो छुट्टै स्थान बनाउन सफल इङलिस फास्ट बलर एन्डरसनले केही दुर्लभ उपलब्धि हरु हासिल गरेका छन।पाकिस्तान विरुद्दको दोस्रो टेस्टमा पाकिस्तानी कप्तान अजहर अलिको विकेट लिएपछी उनको अन्तर्राष्ट्रिय क्रीकेटमा जम्मा विकेट संख्या ६०० पुग्यो।क्रीकेटको इतिहासमा कुनै पनि फास्ट बलरले अहिलेसम्म ६०० विकेट लिन सकेका थिएनन तेसैले उनी सबभन्दा धेरै विकेट लिने बलर बन्न सफल भए। उनिभन्दा छिटो र कम खेल खेलेर ५०० विकेट लिन सफल अस्ट्रेलियाका फास्ट बलर ग्लेन मेग्राले ५६४ विकेट लिएर संयास लिएका थिए।अन्तर्राष्ट्रिय क्रीकेट सनसनी मच्चाएका मेग्राले अब एन्डरसनको रेकर्ड तोड्न कुनै बनी तीब्र गतिका बोलरका लागि असम्भव जस्तै छ।अन्तर्राष्ट्रिय क्रीकेटमा अहिलेसम्म ४ जना बलरहरुले मात्रै ६०० विकेटको कीर्तिमान कायम गरेका छन । १०१ टेस्टबाट ६०० विकेट लिएका श्रीलंकाका स्पिन बलर मुथैया मुरलिधरण पहिलो नम्बरमा छन ,शेन वार्न १२४ ,अनिल कुम्बले १२६ खेलबाट ६०० को आकडा छोए भने एन्डरसनले ६०० विकेटका लागि १५६ टेस्ट म्याच लगाए।उनका नाममा धेरै कीर्तिमानहरु रहेका छन भने उनी अहिलेसम्म इङ्ग्ल्याण्डका लागि टेस्टमा सबैभन्दा विकेट लिने खेलाडी समेत हुन।
जेम्स एण्डरसन बने सबैभन्दा धेरै विकेट लिने फास्ट बलर