केशव भुसाल,कावासोती। नवलपुरको कावासोती स्थित तीन वडाका तीन विद्यालयमा झोला लगायतका शैक्षिक सामाग्री आज विद्यार्थीहरुलाइ वितरण गरिएको छ।
कावासोती ८ मा रहेको जनकल्याण माविका २९९, कावासोती २ मा रहेको नवदुर्गा प्रा.वि. २३७ र नारायणी प्रा.वि. कावासोती ७ मा अध्यन गर्ने ६९ जना गरि ६०५ छात्र र छात्राहरूलाई स्कुल झोला एवं शैक्षिक सामाग्री वितरण गरिएको युवा नेता तथा सामाजिक अभियान्ता आर सि भट्टराईले जानकारी दिएका छन।
कार्यक्रम राष्ट्रिय अपांग पुर्नस्थापना समाज अनामनगरको र चाइना फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग तथा कावासोतिका समाजसेवीहरु आर सि भट्टराई ,गोकर्ण रिमाल र अशोक भट्टराईको समन्वयमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता संबंधित वडाका वडाध्यक्षले गरेका थिए।
कावासोतिका तिन विद्यालयमा शैक्षिक सामाग्री वितरण