गंगा विश्वकर्मा, चोरमारा ।
किसान बचत तथा ऋण सहकारी संस्था लि.को भविष्य निर्माण सेवा केन्द्रको मध्यविन्दु–७ चोरमारामा सोमबारबाट कारोवार शुभारम्भ गरिएको छ ।
मध्यविन्दु–८ रानिटारबाट यसअघि सेवा प्रदान हुदै आएकोमा सोमबारबाट चोरमारा बजारमा भबिष्य निर्माण सेवा केन्द्र मार्फत सेवा बिस्तार गरिएको हो ।
मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले सेवाको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्र वहादुर रानाले सहकारीको माध्यमले हरेक क्षेत्रमा टेवा पु¥याएको बताउनुभयो ।
बिशेष गरि सहकारीमा आबद्ध भएका महिलाहरुको आर्थिकस्तरमा परिर्वतन भएको भन्दै व्यबसायीकतातर्फ उन्मुख हुदै गएको बताउनुभयो । कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका वडा न ७ का वडाअध्यक्ष अमृत प्रसाद ज्ञवालीले नगरपालिकामा आर्थीक खम्बा थपिएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो । सो अबसरमा सस्थाका अध्यक्ष श्रिहरि चालिसेले संस्थाले रजत महोत्सवलाई संघसस्थाहरुलाई सहयोग गरेर मनाउने बताउनुभयो ।
संस्थाले हरेक ठाँउमा छरिएर सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मध्यबिन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महत्तो, सहकारी शाखाका बिष्णु प्रसाद शर्मा, जिल्ला बचत तथा क्रण सहकारी सस्थाका अध्यक्ष माधब प्रसाद गौतम, वडा न ७ का वडाअध्यक्ष अमृत प्रसाद ज्ञवाली, वडा न ५ का वडाअध्यक्ष नुमाकान्त पाठक, वडा न ६ का वडाअध्यक्ष सुर्य प्रसाद न्यौपाने, मध्यबिन्दु उद्योग बाणीज्य संघका अध्यक्ष केदार प्रसाद पराजुलि, नबजगारण नुमना माध्यामिक बिद्यालयका प्रध्यानाध्यापक हरि प्रसाद देबकोटा सहित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
सो अबसरमा सस्थालाई सस्थापनाकालदेखी सहयोग गर्ने सदस्यहरुलाई सम्मान स्वरुप कदर प्रत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम भबिष्यनिर्माण सेवा केन्द्रका संयोजक धनञ्जय शर्माको अध्यक्षता तथा नगरपालिका प्रमुख चन्द्र वहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन संस्थाका सचिव अनिल सापकोटाले गर्नुभएको थियो ।
सोमबार नै किसान बचत तथा ऋण सहकारी सस्थाले प्रथामिक स्वाथ्य केन्द्र चोरमारालाई अत्याधुनिक डिजिटल एक्स–रे हस्तान्तरण गरेको छ ।