उत्तम कुमार थापा बझाङ नेपाल कम्युनिस्ट पाटी नेकपा यतिबेला निकै विभाजनको क्षणमा पुगेको छ । पछिल्लो समय नेपाल कम्युनिस्ट पाटी भित्र अान्तरिक कलह माैलाउदै गएको छ । प्रधानमन्त्री केपी शर्मा अाेलीले सँसद विघटन गरेपछि देश व्यापीरुपमा कम्युनिस्ट एक अापसमा अाराेप पत्याराेप लगाउदै अाईरहेका छन भने एकले अर्काकाे मुख पनि हेर्न छाेडेकाे पाईन्छ । पुर्व नेपाल कम्युनिस्ट पाटी एमाले र माअाेवादी एकतामा अाएकाे करिव अढाइ बर्ष नपुग्दै कम्युनिस्ट पाटी गुट उपगुट सँगै पाटी विभाजनकाे दिशामा देखिन थालेकाे पाईन्छ । यसै विच कम्युनिस्टमा स्पस्ट रुपमा दुई धार देखापरेका छन । माधव प्रचण्ड पक्षधर र प्रधानमन्त्री केपी शर्मा अाेली पक्षधर नेता कार्यक्रता अा अाफ्ने पक्षमा मानिसहरु तानातान गरिरहेको यथार्थ चित्रण देख्न पाईन्छ । बझाङ जिल्लामा पनि दुवै पक्ष विच निकै विवाद देखापरेकाे पाईन्छ भने कुनैपनि पक्षले पाटी कार्यालयमा कार्यक्रम गर्न नपाउने भन्दै जिल्ला प्रशासनले ताला लगाएकाे हाे । एक अापसिय दन्द्व हुन थालेपछि पाटी कार्यालयमा ताला लागेको हुदा दुवै पक्षले कार्यक्रमहरु हाेटेल देखि जिल्ला समन्वयकोहलमा गर्न थालेका हुन । जिल्लामा केपी पक्षधरले नेपाल कम्युनिस्ट पाटी नेकपाकाे तेस्राे विस्तारित बैठक भन्दै ९९९ जनाकाे जिल्ला कमिटी गठन गरेको हाे । स्थानमा पुराना १३५ जना सहित बाकि जिल्ला कमिटीमा थपेर ९९९ जना बनाईएकाे स्राेतले बताए । कमिटीमा नेपाल कम्युनिस्ट पाटी नेकपाका जिल्ला अध्यक्ष मीन बहादुर कुवरलाई अध्यक्ष बाट सदस्यमा राखेकाे बताउदै कमिटीले अफिलाल अाेखेडालाई अध्यक्ष बनाएकाे थियाे । तर उहाले विस्तारित बैठकमा सचिवकाे पद दमन भण्डारी हुने भन्दै खाली राखेकाे बजारमा चर्को अालाेचना हुन थालेपछि , कम्युनिस्ट पाटी नेकपाका जिल्ला सचिव भण्डारी जनमुखी बहसमा अाएर भने सबै जनतालाई भ्रममा नपर्न अनुराेध गर्दै , पाटी अध्यक्ष मीन बहादुर कुवर र सचिव अाफु नै भएको जिल्ला कमिटी अाधिकारीक भएको हुदा ,सबैलाई सचेत रहन अनुराेध गरेका छन भने अाफु केपी अाेली पक्षधरकाे सचिव नहुने बहसमा भण्डारीले बताए ।
म नेपाल कम्युनिस्ट पाटी नेकपाकाे पाटी सचिव हाे,म अाेली पक्षको होइन नेता भण्डारी